सुनको भाउ अहिलेसम्मकै उच्च, कारोबारमा मन्दी
अर्थवाणिज्य
साउन १, २०७७ | कमल पौडेल अथक

नेपाली बजारमा सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो भएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९२ हजार दुई सयमा कारोबार भएको छापावल सुनको भाउ बुधबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुन  ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको भाउ एक हजार पाँच रुपैयाँ प्रतितोला तोकिएको छ । अघिल्लो दिन तोलाको ९९५ रुपैयाँमा चाँदी  कारोबार भएको थियो । बढ्दो मूल्य र अफसिजनका कारण बजार सुन बजारमा मन्दी छाएको व्यवसायी महासंघले जनाएको छ । कोभिड १९ को असर फैलिदो क्रलममै रहँदा सुनको भाउ अझै बढ्न सक्ने महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.