मौद्रिक नीतिः ऋणीलाई ब्याज तथा किस्ता तिर्ने समय अवधि थप
अर्थवाणिज्य
साउन ३, २०७७ | कमल पौडेल अथक

नेपाल राष्ट्र बैङ्कले ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको छ । कोरोनाले ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी गुमेपछि ऋण तिर्न नसकेका ऋणीलाई राष्ट्र बैङ्कले राहत दिएको हो । मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार अब कोराना प्रभावित उद्योगले १ वर्ष (२०७७/७८ असार मसान्तसम्म) र साना ऋणीलाई ६ महिना समय थप भएको छ । उनीहरुले पुस मसान्तसम्म बुझाउन पाउनेछन् । विभिन्न निकायले ऋण तिर्ने समयावधि पर धकेल्न माग गर्दै आएका थिए ।

बैङ्कहरुले ऋणीलाई थप २० प्रतिशत ऋण दिनेसक्ने

उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।

कोरोना भाइरसको त्रास रहेसम्म अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

कोरोना भाइरसको त्रास रहेसम्म एक बैंकको एटीएमबाट अर्को एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७÷७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन्।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.