नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च, छापावाल सुनको प्रतितोला मूल्य
अर्थवाणिज्य
साउन ८, २०७७ | कमल पौडेल अथक

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५६० रुपैयाँ तोकिएको छ । यस्तै अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ प्रतितोलामा चाँदीको मूल्य कायम भएको महासंघले जनाएको छ । सुनको मूल्यले अहिलेसम्मकै उच्च भाउको नयाँ कीर्तिमान बनँको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

चाँदीको मूल्यवृद्धि भने पहिले १४ सय ५० रुपैयाँसम्म पुगेको उनको भनाई थियो । कोारेनाका कारण प्रभावित विश्व अर्थतन्त्रका कारण सुनको भाउ अझै केहीसमय बढ्दो क्रममा हुने उनले बताए । अफसिजनका कारण सुनको कारकोबार नरहेको र बढ्दो मूल्यले गर्दा उपभोक्ता सुन बजारबाट तर्सिने अवस्था बनेको महासचिव बज्राचार्यले बताए ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.