सुनको प्रतितोला मूल्य करिब ९५ हजार पाँच सय रुपैयाँ कायम
अर्थवाणिज्य
साउन ११, २०७७ | कमल पौडेल अथक

आर्थिक वर्ष ७६/७७ को पहिलो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला ६४ हजार पाँच सय थियो । तर, आर्थिक वर्ष सकिँदा सुनको प्रतितोला मूल्य करिब ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । एक वर्ष अवधिमा मात्रै सुनको मूल्य एक तोलामा करिब ३१ हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष ७५/७६ मा सुनको प्रतितोला मूल्य ७ हजार पाँच सय रुपैयाँले बढेको थियो । दुई आर्थिक वर्षमा सुनको मूल्य वृद्धिदर हेर्दा अघिल्लो वर्ष भन्दा गत वर्ष ४.१३३ गुणाले सुनको भाउ आकासिएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका महाचिव धर्मसुन्दर बज्राचार्य आर्थिक वर्ष ७६/७७ मा सुनको मूल्यमा आएको बढोत्तरीलाई सुनको भाउमा भएको रेकर्डको वर्ष मान्छन् । ‘अघिल्लो वर्ष पनि सुनको मूल्य नबढेको होइन, तर गत वर्ष जस्तो हरेक दिन रेकर्ड कायम त्यो वर्ष थिएन,’ बज्राचार्यले भने । एक तोलामै एक वर्षमा ३१ हजारले मूल्य बढ्नु सामान्य नभएको उनको भनाइ छ । सन् २०१९ जुलाई २३ मा सुनको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिऔंस १४२५.५५ डलर थियो  । तर, सन् २०२० को जुलाई २३ मा प्रतिऔंस मूल्य १८७८.३० डलर कायम भएको अमेरीकी सुनको मूल्य तोक्ने संस्था वालस्ट्रेटले जनाएको छ ।

सुनको मूल्य बढाउने विश्व घटना

अमेरिका-चीनको विवादको छायाँ नेपालमा के पर्छ र ? भन्ने धेरैको जिज्ञाशा हुन्छ । तर खुल्ला बजार अर्थतन्त्रमा बजार र अन्तराष्ट्रिय व्यपारको छायाँ हरेक देशमा परेको हुन्छ । आर्थिक वर्ष ७६/७७ मा सुनको मूल्य आकासिनुको मूख्य तीन कारण यस्तै छन् । पहिलो कारण नेपाली नयाँ आर्थिक वर्षको सुरुआती दिनमा अमेरिका-चीन व्यापार युद्ध जारी थियो । विश्वको आर्थिक महाशक्ति मुलुकहरु एक अर्काविरुद्ध व्यापार निषेधको खेलमा लाग्दा विश्व अर्थतन्त्र तरगिंत बनेको र त्यसको असर सुन बजारमा परेको फाइन्यान्सियल टाइम्सले लेखेको छ ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.