कक्षा ११ को परीक्षा तत्काल नलिन सरकारको निर्देशन
शिक्षा
साउन २४, २०७७ | याेगेन्द्र श्रेष्ठ

सरकारले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ ।राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमणका कारण सरकारले गएको चैत ११ गतेदेखि नै सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकोमा कहिले खोल्ने भनेर निर्णय गरेको छैन । तर केही विद्यालयले परीक्षा सञ्चालनको तयारी गरेपछि विद्यार्थी र अभिभावकमा डर बढेकाले विद्यालय पुनः खोल्ने निर्णय नभएसम्म परीक्षा नलिन सूचनामा भनिएको छ । 

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिअनुसार वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ ।  आंशिक तथा ग्रेड वृद्धि गर्नुपर्ने विद्यार्थीले कक्षा १२ को वार्षिक परीक्षा अघि नै परीक्षा दिइसक्नु पर्ने कार्यविधिमा उल्लेख छ ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.