नेपाल टेलिकमले भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको अवसरमा जीएसएम सेवाका ग्राहकका लागी नयाँ अफर ल्याएको छ । टेलिकमल २५ रुपैयामा २५० मिनेट टक टाईम भएको नाईट भ्वइस प्याकेज अफर ल्याएको हो । बुद्यवार बिज्ञप्ति निकालेर जीएसएम सेवाका ग्राहकका लागी अफर घोषणा गरेको हो ।
फागुन ३गते देखी १७ गते सम्म लागु हुने प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट ७ दिन सम्म रहने टेलिकमले जनाएको छ । यो अफर अन्र्तगत लिएको प्याकेजको प्रयोग राति १०बजे देखी बिहान ६बजे सम्म गर्न सकिनेछ ।
प्याकेज लिनको लागी VDAY टाइप गरी १४१५मा एसएमएस गर्नुपर्ने छ । यस्तै भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको अवसरमा हरेक जीएसएम तथा सीडिएमए प्रिपेड सिम तथा रिमकार्डको खरिदमा अर्को त्यस्तै सिम तथा रिमकार्ड तथा ५० रुपैयाको टक टाइम निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ । अफर टेलिकमको काउन्टरबाट मात्र हुने छ । https://www.facebook.com/NepalTelecom.NT/photos/a.201549246697693.1073741828.180528685466416/589804617872152/?type=3