धेरै शाखा खोलेरै भए पनि बैंकमा भीडभाड हुन नदिनु :
अर्थवाणिज्य
भाद्र ९, २०७७ | कमल पौडेल अथक

नेपाल राष्ट्र बैंकले बैंहरुलाई भीडाभाड नहुनेगरी सेवा दिन निर्देशन दिएको छ । सीमित शाखा मात्रै खुला हुँदा बैंकमा निकै भीडभाड देखेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । 
नेपाल राष्ट्र बैंकले आइतबार उपत्यकाका विभिन्न स्थानमा खुलेका बैंक तथा वित्तीय संस्थामा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा बैंकहरुमा भीडभाड निकै देखिएको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘त्यही भएर हामीले धेरै शाखा खोल्नुस्, भर भीडभाड हुन नदिनुस् भनेका हौं’ उनले भने । 

राष्ट्र बैंकले सुरुमा प्रतिबैं ८ वटा शाखा खोल्न अनुमति दिएको भए पनि प्रशासनको अवरोधपछि बैंकहरुले एउटा बैंकका ४ वटा शाखा मात्रै खोल्नेगरी सहमति गरेका थिए । राष्ट्र बैंकले अहिले ५० भन्दा बढी कर्मचारी नबढ्ने गरी सम्भव भएसम्म धेरै शाखा खोल्न भनेको छ । राष्ट्र बैंकको तयारीपछि बैंकहरुले आजदेखि थप शाखाहरु खोल्न थालका छन् । पचास जनाबाट ८ वटासम्म शाखा खोल्न सम्भव हुने बैंकरहरु बताउँछन् ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.