वैदेशिक अध्ययन अनुमतिपत्र(एन ओ सी) पुनः सूचारु हुने
शिक्षा
भाद्र ११, २०७७ | रासस

उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सूचारु हुने भएको छ । मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कोरोना महामारीको जोखिमका कारण सरकारले गत चैत ३ गते उक्त अनुमति दिने कार्य स्थगनको निर्णय गरेको थियो । जोखिम कायमै रहे ता पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यही भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएपछि वैदेशिक अध्ययन अनुमतिपत्र पनि खुल्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो अनुमति जारी गर्दै आएको छ ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.