सुआरेज एटलेटिको म्याड्रिडमा अनुबन्धित
खेल
आश्वीन ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     क्याटलान क्लब बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् ।

     एट्लेटिको म्याड्रिडले ३३ वर्षीय सुआरेजलाई फ्रि एजेन्टमार्फत अनुबन्ध गर्न सफल भएको हो । एट्लेटिकोले सुआरेजले च्याम्पियन्स लिगमा गरेको प्रदर्शन अनुसार ६ मिलियन पाउन्डसम्म बोनसका रुपमा भने बार्सिलोनालाई तिर्नुपर्नेछ । सुआरेज २ वर्षको लागि अनुबन्धित भएका हुन् ।

     इटालियन क्लब युभेन्टसले अनुबन्धमा चासो देखाएपनि नागरिताको समस्याका कारण युभेन्टस पछि हटेपछि सुआरेजलाई एट्लेटिकोले अनुब्नध गर्न सफल भएको हो । सुरुवातमा बार्सिलोनाले सुआरेजलाई एट्लेटिको जान रोक्ने निर्णय गरेपनि पछि एट्लेटिको जान सहमति दिएको थियो । स्पेनिस फरवार्ड अल्भारो मोराटा लोनमा युभेन्टस पुगेपछि सुआरेजलाई एट्लेटिको आउन सहज भएको थियो ।

     सन् २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना पुगेका सुआरेजले ६ वर्ष बसाईमा २८३ खेलमा १९८ गोल गरेका छन् । उनले त्यहाँ रहँदा चार पटक स्पेनिस ला लिगा, चार पटक कोपा डेल रे, एकपटक युइएफए सुपरकप, दुईपटक सुपरकोपा, एकपटक च्याम्पियन्स लिग, क्लब वल्डकप र पिचिची ट्रफी जितेका छन् ।

खेल
कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.