डिपिएल पूर्व निर्धारित मितिमा नहुने
खेल
आश्वीन १९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     कोभिड—१९सङ्क्रमणको जोखिमका कारण धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता यस वर्ष पूर्व निर्धारित मितिमा आयोजना नहुने भएको छ । एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो । आयोजक धनगढी क्रिकेट एकेडेमीले कोरोनाको जोखिमका कारण पूर्व निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भब भएको आज प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

     प्रतियोगिता आयोजना हुने नयाँ मिति यथाशीघ्र घोषणा गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रतियोगिता शुरु भएसँगै देशमा पहिलो पटक विभिन्न शहरको टिम सहितको फ्रेन्चाइज क्रिकेटको अवधारणा शुरुआत भएको थियो । विभिन्न शहरको नाममा फ्रेन्चाइजी टोली बनाई ती टोलीले खेलाडीहरुको अक्शन (बोलकवोल) गर्दै आ-आफ्नो टिममा खेलाडी भित्र्याउने व्यवसायिक काम समेत शुरुआत समेत भएको थियो । विगतका वर्षमा तीन संस्करण भइसकेको यो प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँ गरी छ टोलीले सहभागिता जनाउँदै आएका छन् ।

खेल
कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.