कृषि विकास बैंक बगर शाखाद्धारा लकर सेवा शुभारम्भ
स्थानिय समाचार
आश्वीन २१, २०७७ | सरिता तामाङ्ग

     कृषि विकास बैंक बगर शाखाले आज लकर सेवा शुभारम्भ गरेको छ । बैंकका बगर शाखा कार्यालयका प्रबन्धक मोति प्रसाद पौडेलको अध्यक्षतामा सो कार्यक्रम आयोजना भएको हो । वि.सं. २०२४ सालमा स्थापना भइ बैंकिङ क्षेत्रमा ‘क’ वर्गको बैंकमा स्थापति यस बैंकले बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु आफ्नो ग्राहक महानुभावहरुलाई दिंदै आएको जनाएको छ ।

     प्रमुख अतिथि कृषि विकास बैंक लिमिटेडका संचालक समितिका केन्द्रिय सदस्य हरि प्रसाद पराजुलीले कार्यक्रमको उद्घाटन गर्दै बगर शाखामा रहेको यस बैंकले लकर सेवा शुभारम्भ गरेर आफ्नो ग्राहक महानुभावहरुको महत्वपूर्ण सामाग्री र गरगहनाको सुरक्षा गरेको बताएका छन् । उनले यस बैंकले कृषिमा मात्र नभइ सम्पूर्ण व्यापार–व्यवसायी गर्ने महानुभावहरुलाई समेत लगानी गर्दै आएको र सबै बैंकिङ्ग कारोबार समेत प्रदान गर्दै आएको जानकारी दिएका छन् ।

     सोही कार्यक्रममा बैंकका कर्मचारी संगिता पहारीले बैंकको लकर सुविधाको बारेमा विस्तृत जानकारी दिएकी थिईन। उनले बैंकमा भएको १७५ वटा लकर मध्ये १५ वटा लकर प्रयोगमा आएको बताएकी छन् । अहिले बैंकमा ३ वटा साइजको लकर सेवा उपलब्ध भएको र ग्राहकहरुलाई उक्त लकर ढुक्क भएर प्रयोग गर्न समेत उनले आग्रह गरेकी छन् ।

     त्यस्तै बैंकका बगर शाखा कार्यालयका प्रबन्धक एवं कार्यक्रमका अध्यक्ष मोति प्रसाद पौडेलले बैंकले सम्पूर्ण मापदण्ड पूरा गरि लकर सेवा संचालनमा ल्याएको र यसको गुणस्तरलाई समेत कायम गर्ने बताएका छन् । साथै उक्त कार्यक्रममा कृषि बिकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघूनाथ न्यौपानेले सोहि कार्यक्रममा बोल्दै ग्राहाक महानुभाबहरूलाई ढुक्क भएर लकर सेवाको सुबिधा लिन अनुरोध गरेदै लकर सुविधाको बारेमा जानकारी गराएका थिए । सोहि कार्यक्रममा स्वागत मन्तब्य बैकका कर्मचारीको तर्फबाट बिश्व बास्तोलाले गरेका थिए भने कार्यक्रम सन्चालन कर्मचारी लक्ष्मण पाठकले गरेका थिए ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.