‘इटालीबाट फरार उत्तर कोरियाली राजदूत दक्षिण कोरियामा’
अन्तर्राष्ट्रिय
आश्वीन २२, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

उत्तर कोरियाका एक वरिष्ट कुटनीतिज्ञ हाल दक्षिण कोरिया सरकारको संरक्षणमा दक्षिण कोरियामा रहेको एक सांसदले बताएका छन् । इटालीका लागि उत्तर कोरियाली ती कुटनीतिज्ञ सन् २०१८ को अन्त्यतिर इटालीबाट फरार भएका थिए ।  दक्षिण कोरियाली सांसदले सार्वजनिक गरेको तथ्य प्रमाणित भएमा उत्तर कोरिया परित्याग गर्ने जो सोङ गिल दोस्रो बरिष्ट अधिकारी हुनेछन् । उनी इटालीका लागि उत्तर कोरियाली राजदूत रहेका थिए । यसअघि सन् १९९७ मा सत्तारुढ उत्तर कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी ह्वाङ जाङ–योप उत्तर कोरिया परित्याग गरेर दक्षिण आइपुगेका थिए । ह्वाङ जाङ–योपले स्वर्गीय नेता किम जोङ–इललाई पढाएका थिए ।

दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कुटनीतिज्ञ, जसले नोभेम्बर २०१८ मा आफ्नी पत्निसहित रोम निवास छाडेको बताएको थियो । युरोपेली मुलुकभन्दा बाहिरको मुलुकमा उनी रहेको पनि गुप्तचर प्रतिवेदनमा उल्लेख छ ।  दक्षिण कोरियाली नेसनल एसेम्ब्लीको गुप्तचर समितिका सदस्य समेत रहेका  सांसद हा ताए–केयुङले उत्तर कोरियाली कुटनीतिज्ञ जो सोङ गिल गत वर्ष दक्षिण कोरिया आइपुगेको बताएका छन् । 

दक्षिण कोरियाली संचार माध्यमहरुले मंगलबार साँझ उत्तर कोरियाली कुटनीतिज्ञ दक्षिण कोरियामा रहेको समाचार प्रशारण गरेका थिए । सांसद हा ले कुटनीतिज्ञ जो को सुरक्षाका लागि थप विवरण दिन अस्वीकार गरे । सांसद हा ले समाचारको स्रोतका बारेमा केही बताएका छैनन् । तर दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान विभागले नै विवरणहरु सांसदलाई बताएको अनुमान गरिएको छ । तर विभागले कुटनीतिज्ञको आगमनका बारेमा अध्ययन गरिरहेको बताएको छ ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.