विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिना विजयी
खेल
आश्वीन २३, २०७७ | एजेन्सी

     कप्तान लियोनेल मेस्सीको पेनाल्टी गोलसँगै अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा विजयी सुरुवात गरेको छ । अर्जेन्टिनाले इक्वेडरलाई १-० ले‌ पराजित गरेको हो ।
खेलको १३ अौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । इक्वेडरका पेर्भीस इस्टुनपियनले लुकास ओकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २० अौं मिनेटमा लौटारो मार्टिनेजको पासमा मेस्सीको प्रहार डिफ्लेक्ट हुँदै बाहिरियो ।

     दोस्रो हाफको ४८अौं मिनेटमा मार्टिनेजको पासमा ओकाम्पसको प्रहार गोलरक्षक एलेक्जेन्डर डोमिन्गेजले बचाए । ७३ अौं मिनेटमा मेस्सीको क्रसमा एडुआर्डो साल्भियोको हेडर पोस्टभन्दा बाहिरियो । इन्ज्युरी समयको चौथो मिनेटमा रोड्रिगो डे पल चुक्दा अर्जेन्टिना १-० मै चित्त बुझाउन बाध्य भयो ।
विश्वकप छनोट अन्तर्गत अर्को खेलमा पाराग्वे र पेरुले २-२ को बराबरी खेले ‌। उरुग्वेले चिलीलाई २-१ ले‌ पराजित गर्यो । उरुग्वेको जितमा लुइस सुआरेज र म्याक्सी गोमेजले १-१ गोल गरे ।

खेल
कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.