कृषि विकास बैंक लिमिटेड बगर शाखाद्धारा सिचाईको लागि २ थान
स्थानिय समाचार
आश्वीन २४, २०७७ | सरिता तामाङ्ग

कृषि विकास बैंक लिमिटेड बगर शाखाले पोखरा–२४ कास्कीकोटमा आज एक कार्यक्रमको आयोजना गरि सिचाईको लागि आवश्यक पर्ने पानी ट्याङकी हस्तान्तरण गरेको छ । 
कृषि बिकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघूनाथ न्यौपानेको अध्यक्षतामा उक्त कार्यक्रमको आयोजना भएको हो । 
कृषि उत्पादनमा पानीको अभाव हुन नदिनको लागि बैंकद्धारा ५–५ हजार लिटरका २ थान ट्याङकी उपलब्ध गराएको हो । 
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा उनले कृषकहरुलाई हौसला प्रदान गर्नको निम्ति कास्कीकोट जस्तो कृषि योग्य जमिन भएको ठाउँमा कृषि उत्पादनमा सिचाईको अभाव हुन नदिनको लागि बैंकद्धारा उपलब्ध गराएको ट्याङकी एक्दमै उपयोगि हुने बताएका छन् ।
 आकाशबाट पर्ने पानीलाई उक्त ट्याङकीमा सङ्कलन गरेर सिचाईको लागि प्रयोग गर्न अत्यन्त प्रभावकारी हुने पनि उनले बताएका छन् । उनले आगामि दिनमा यस बैंक, वडा नं.२४ र सो स्थानका कृषकसंग त्रिपक्षिय रुपमा हातेमालो गरेर अगाडि बढ्ने पनि जानकारी गराएका छन् ।
त्यस्तै कार्यक्रममा अतिथितका रुपमा उपस्थित कृषि विकास बैंकका बगर शाखा कार्यालयका प्रबन्धक मोति प्रसाद पौडेल र पोखरा महानगरपालिका कार्यलय कृषि महाशाखाका जेटिए पुनम कुवँरले आ–आफ्ना भनाइहरु पनि राखेका छन् । 
साथै सोही कार्यक्रममा स्वागत मन्तव्य बैंकका वरिष्ठ अधिकृत विश्व बास्तोलाले राखेका थिए भने कार्यक्रम संचालन कार्यलयका कर्मचारी लक्ष्मण पाठक र समुहका उपभोक्ता रेशम गिरीले गरेका थिए ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.