पोखराको सिद्यार्थचोक प्रस्र्याङ जोड्ने पुल किन वनेन भन्दै मेयरलाई ध्यानाकर्षण
स्थानिय समाचार
आश्वीन २६, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

पोखरा ४ का चार जना सदस्यहरुले सिद्यार्थचोक प्रस्र्याङ जोड्ने पुल लामो समयसम्म किन वनेन भन्दै पोखराका मेयर मानवहादुर जिसी समक्ष ध्यानाकर्षण पत्र पेश गरेका छन् ।
वडा नं ४ का अध्यक्ष शंकरप्रसाद वास्तोला वाहेकका अन्य चार जना वडा सदस्यहरु पुष्करवहादुर श्रेष्ठ, सरिता पराजुली, विष्णुमाया परियार र सुवर्ण केसीले सो माग पत्र पेश गरेका हुन् । 

माग पत्रमा पुल निर्माण नहुँदा स्थानीय व्यवसायी तथा बटुवा मर्कामा परेकोले तत्काल निकासको वातावरण तयार गर्न आग्रह गरिएको छ । फिर्केखोलामा आएको बाढीले स्थानीय सुकुम्वासीका घर डुवाएकोले तत्काल सो स्थान खोलिनु पर्ने, पुल निर्माणमा विवाद देखिएकोले त्यस क्षेत्रका नागरिकको मागको संम्वोधन गर्नु पर्ने, ठेक्का लिएर समयमा पुल निर्माण कार्य सुरु नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्नु पर्ने माग समेत गरेका छन् । 

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.