१ जना पत्रकार सहित पोखरामा थप १७ जनालाई कोरोना पुष्टि
स्वास्थ्य
आश्वीन २८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

पोखरामा थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षाण्का क्रममा पोखराका थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पोखरामा ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । त्यस्तै वडा नम्बर ५ का ५२ वर्षीय तथा वडा नम्बर ७ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ नम्बर वडाका पुरुष पेसाले पत्रकार हुन् ।

पोखरा ९ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २४ र २७ वर्षीय महिला हुन् । वडा नम्बर १० का समेत २ जना महिलालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ४३ र ७० वर्षीय महिला हुन् । सो वडाकी ७० वर्षीय महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेकी छिन् । त्यस्तै वडा नम्बर ११ का ३० वर्षीय तथा १३ का ४८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २७ वर्षीय महिला तथा ४० वर्षीय पुरुष हुन् । पोखरा १७ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १७ र ५७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नम्बर २४ का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी ४६ वर्षीय पुरुष हुन् ।

पोखरा २५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ५३ वर्षीय पुरुष तथा ५५ वर्षीय महिला हुन् । पोखरा ३० का ३३ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान समेत पोखरामा १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तनहुँमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित आँबुखैरेनी ३ का १२ वर्षीय बालक तथा बन्दीपु र १ की ५७ वर्षीय महिला हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार २४ पुगेको छ ।

पोखरामा १८७ सहित गण्डकीमा थप २६९
कार्तिक १५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.