सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको झण्डै दुई लाख किलो
राष्ट्रिय
आश्वीन २८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको झण्डै दुई लाख किलो बटरमा उपभोग्य मिति सकिएको फेला परेको छ । काठमाडौं महानगरपालिका अन्र्तगतको उपभोक्ता हित संरक्षण समितिले आज गरेको बजार अनुगमनमा एक लाख ९४ हजार किलो ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको हो । दूग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टको चार वटा गोदाममा रहेको एक लाख ९४ हजार ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको र आफुहरुले नमूना पनि ल्याएको बजार अनुगमन टोली प्रमुख हरिबहादुर भण्डारीले बताएका छन् ।

बटरको प्याकिङमा उत्पादित मितिले आठ महिनाअघिनै उपभोग गरिसक्न भनिएको तर, गोदामका अधिकाशं बटरमा सो मिति नाघेको भण्डारीले बताएका छन् । सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनावरीमा बनेको बटर गोदाममा भेटिएको उनले बताएका छन् । यता दुग्ध विकास संस्थानको बालाजु आयोजनाले भने बटरको म्याद नसकिएको दाबी गरेको छ ।

संस्थाले सम्झौता गरेर सुजलसंग किनेको बटर माइनस २० डिग्रिमा भण्डारण गरेको र सबैखाले गुणस्तरण परीक्षण गरेर मात्रै घिउ बनाउने गरिएको आयोजना प्रमुख गोविन्द जोशीले बताएका छन् । उचित भण्डारण गरेर बटर राख्दा १८ महिनासम्म पनि घिउ बनाउन सकिने प्रमुख जोशीले बताएका छन् । बजारमा नमूना योग्य बजार बनाउन सिकाउनुपर्ने सरकारी संस्थानबाटै म्याद गुज्रीएको बटरबाट घिउ बनाउनु अपराध भएको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिनाले बताएका छन् ।

सरकारी कम्पनीको गुणस्तर खस्काएर बदनाम गर्ने र उपभोक्ता स्वास्थ्यमा प्रतिकुल असर पार्ने काममा संलग्नलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने तिमिल्सिनाले जनाएको छ ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.