चार जना कर्मचारीलाई कोरोना देखिएपछि काठमाडौं प्रशासनको सेवा रोकियो
राष्ट्रिय
आश्वीन २८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

 जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत चार जना कर्मचारीमा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रशासनबाट हुने अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

दाहालका अनुसार बुधबारबाट लागू हुने गरी शान्ति सुरक्षा, ठाडो निवेदन, उजुरी, मुद्दाको सुनुवाई र विपद् व्यवस्थापनबाहेकका सेवा स्थगित गरिएको छ । परिस्थितिको विश्लेषण गरेर अवस्था अनुसार नयाँ सूचना जारी गरी सेवा सुचारु गरिने पनि उनले बताए । ललितपुर र भक्तपुरमा भने कार्यालय सञ्चालन भइरहेका छन् । तर, भिडभाड बढेको भन्दै दुई जिल्लामा पनि के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.