पोखराका ४८ सहित कास्कीमा ४९ जनालाई कोरोना पुष्टि
स्थानिय समाचार
आश्वीन २९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

पोखरामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षाण्का क्रममा थप १० जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित पोखराको गण्डकी मेडिकल कलेजका ५ जना रहेका छन् । उक्त अस्पतालका ३६, ३८ तथा ६० वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अस्पतालकी ३५ तथा ३६ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु सोही अस्पतालमा उपचारका लागि पुगेका थिए ।

चरक मेमोरियल अस्पतालका ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालका २४ वर्षीय १ जना महिला सहित ४९, ६०, ७३ तथा ७७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । २४ वर्षीय महिला सोही अस्पतालमा स्वास्थ्यकर्मीका रुपमा कार्यरत रहेकी छिन् । अन्य ४ जना भने उपचाररत बिरामी हुन् ।

आज बिहान समेत कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ का १ तथा पोखराका ३८ जनालाई संक्रमण पुष्टि भएको थियो । बाग्लुङमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर २ का २३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । उनी नेपाली सेना हुन् । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार १ सय ८७ पुगेको छ ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.