कोशी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु
स्वास्थ्य
आश्वीन २९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् । उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन केन्द्रमा भर्ना गरिएको थियो । मृतक उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी रोगी रहेका थिए ।

     यसैगरी सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको केन्द्रमा बुधबार राति मृत्यु भएको केन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिएका छन्  । मृतकलाई यही असोज २६ गते कोरोना पोजेटिभ देखिएकोमा श्वासप्रश्वासको समस्या भएपछी बुधबार उपचारका लागि केन्द्रमा भर्ना गरिएको थियो । मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ रोगी रहेको केन्द्रले जनाएको छ ।

 

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.