पोखरामा ६५० ग्राम गाँजासहित युवक पक्राउ
स्थानिय समाचार
आश्वीन २९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     कास्की प्रहरीले पोखरा–३ नदीपुरबाट लागूऔषध गाँजासहित एक युवकलाई बुधबार राति पक्राउ गरेको छ । प्रहरीले बुधबार राति १:३० बजे ६५० ग्राम गाँजा निलो रंगको प्लाष्टिकको झोलामा लिएर हिडिरहेको अबस्थामा ती युवालाई नदीपुरबाट पक्राउ गरेको हो ।

     कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रक घरभई हाल पोखरा–१० रामबजार बस्ने २० वर्षीय प्रकाश विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । विशेष सूचनाको आधारमा प्रहरीले विकलाई पक्राउ गरी थप अनुसन्धान अगाडि वढाएको छ । विकलाई वडाप्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

 

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.