घान्द्रुकमा मंसिर पहिलो हप्तासम्म पर्यटकलाई प्रवेश निषेध
स्थानिय समाचार
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकहरुलाई प्रवेश निषेध गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय गरेको हो ।

पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरूङले आगामी मंसिर पहिलो हप्तासम्म आन्तरिक र बाह्य सबै पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार सो अबधिसम्म सबै होटल र लजहरू पनि बन्द रहने छन् ।मंसिर पहिलो हप्तापछि पर्यटन व्यवस्थापन समिति घान्द्रुकको बैठक बसेर आवश्यक निर्णय लिइने अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.