पोखरामा गलत बिबरण टिपाएका सात कोरोना संक्रमित फरार
स्थानिय समाचार
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको अबस्थामा कास्की जिल्लामा पनि संक्रिय संक्रमितको संख्या पाँच सय कटेको छ । भने पोखरा महानगरमा नै ९० प्रतिशत भन्दा बढि संक्रमित रहेका छन् । अहिलेसम्म महानगरबाट स्वाब परिक्षण गरेर पोजेटिभ रिपोर्ट आएकाहरु मध्ये ७ जनाले गलत बिबरण टिपाएको कारण ति संक्रमितहरु सम्पर्कमा नआएको पोखरा महानगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारीले बताए ।

ति कर्मचारीका अनुसार उनीहरु धेरै भारत र तराईतिरबाट आएकाहरुरहेका हुन् । ति कर्मचारीले गन्थनसँग भने –‘संक्रमितहरुले गलत सुचना टिपाएका कारण उनीहरुसँग संम्पर्क हुन सकेन । त्यहि कारण कोरोना समुदायमा पुग्ने खतरा बढेर गयो । ’ संक्रमितहरुले गलत सुचना टिपाउदा यतिबेला पोखरा महानगरपालिकाको स्वास्थ्य शाखा हैरानीमा छ । ति कर्मचारीले समाजमा लक्षण देखिएका कोहि भेटिए महानगरलाई खवर गर्न आग्रह समेत गरेका छन् । यद्यपी सरकारले भने गलत सुचना दिएर संक्रमित आइसोलेसन नबसी हिडेको थाह पाएको खण्डमा छ महिनासम्म जेल सजाय हुने ब्यबस्था गरेको छ ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.