पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१ को ज्यान गयो, ४
स्वास्थ्य
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

नेपालमा थप ४ हजार ३ सय ९२ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा थप ४ हजार ३ सय ९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

हाल नेपालमा ३७ हजार ३ सय ८२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको थियो । नेपालमा यो अवधीमा ३ हजार ५ सय २२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ ।

हाल नेपालमा ३ सय १५ जनाको आइसियु तथा ७७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा थप २१ जनाको ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ सय १५ पुगेको छ ।

कुशको शव बनाएर दाहसंस्कार
कार्तिक ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
गण्डकीमा सङ्क्रमित छ हजार नाघे
कार्तिक ५, २०७७ | रासस
देशमा कोरोना संक्रमणको दर उच्च, सरकारले
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
पछिल्लो अवधीमा नेपालमा कोरोनाबाट थप २१
कार्तिक १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.