सरकारको आदेश अटेरी गर्दै उपत्यकाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड
राष्ट्रिय
कार्तिक २, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

नवरात्रिको पहिलो दिन (शनिबार) काठमाण्डाै उपत्यकाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरु खुल्ला नगर्ने बताए पनि दर्शनार्थीहरु पूजाआजाका लागि पुगेका छन् । शनिबार बिहान भद्रकाली मन्दिरमा पूजाआजाका लागि आउने श्रद्धालुहरुको भिड देखिएको छ । हिजाे नवरात्रिको पहिलो दिन भएकाले पनि भक्तालुहरु मन्दिर तथा शक्तिपीठमा पुगेका हुन् ।

अघिल्ला वर्षहरुको तुलनामा कम भीड भए पनि कोभिड १९ सङ्क्रमणको जोखिमलाई बेवास्ता गर्दैै भक्तालुहरु पूजाआजाका लागि शक्तिपीठ पुगेका छन् । सरकारले भने कुनैपनि मन्दिर र शक्तिपीठमा नित्यपूजा सञ्चालन गर्न बाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ । तर पनि मानिसहरु कोभिड सङ्क्रमणको जोखिमको प्रवाह नगरी मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा गर्न पुगेका छन् ।

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.