गण्डकीमा सङ्क्रमित छ हजार नाघे
स्वास्थ्य
कार्तिक ५, २०७७ | रासस

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ८७ जना पुगेको छ । मङ्गलबार मात्रै प्रदेशमा १२७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं २२ का ४४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा हिजाे निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । कात्तिक ३ गते कोरोना पुष्टि भएका निजमा कोरोना सहित निमोनिया र श्वासप्रस्वास सम्बन्धी समस्या रहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.