कर्णालीमा ओली पक्षको हार, माधव नेपाललाई फकाउने प्रयास पनि असफल
राष्ट्रिय
कार्तिक ६, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

केही सातादेखि कर्णाली प्रदेशबाट चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तर संघर्षले बुधबारदेखि हार–जीतका आधारमा निकास पाएको छ । यो हारजीतलाई शुक्रबार बस्ने प्रदेश संसदीय दलको बैठकले औपचारिकता दिनेछ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओली पक्षका नेता यामलाल कँडेलको अगुवाइमा १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि कर्णाली प्रदेशमा अन्तरविरोध चर्केको थियो । यो अन्तरसंघर्षमा केपी ओली पक्षले हारेको छ भने प्रचण्ड र माधव नेपालपक्षका नेताहरु थप एकतावद्ध बनेका छन् ।

माओवादी नेतासमेत रहेका मुख्यमन्त्री शाहीलाई पदच्युत गर्ने उद्देश्यले थालिएको अन्तरसंघर्षका क्रममा केपी ओली पक्षले प्रदेशको प्रमुख सचेतक पद गुमाएको छ । रिक्त रहेको एक मन्त्री पद पनि ओली पक्षले पाउने सम्भावना सकिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको बोलावटमा काठमाडौं आएका कर्णाली प्रदेशका नेकपा पदाधिकारीहरु कोही जितेको मुद्रामा त कोही पराजीत मुद्रामा आजैदेखि सुर्खेत फर्कने क्रम सुरु भएको छ ।

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.