स्याङ्जाको जंगलमा ‘तस्कर’ले लुकाएको ३ सय ६ क्यूफिट सालको काठ
स्थानिय समाचार
कार्तिक ६, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

स्याङ्जाको चापाकोट नगरपालिका–१ स्थित खोलेगाउँको जंगलबाट प्रहरीले ठुलो परिमाणमा सालको काठ बरामद गरेको छ ।  तस्कर समूहले जंगलमा लुकाएर राखेको ३ सय ६ क्यूफिट सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

चिरेको सालको काठ जंगलमा स्याउलाले छोपेर राखेको सुराकको आधारमा प्रहरीले ‘सर्च अपरेशन’ गरेको थियो । स्याङ्जामा निकासीका लागी तयार गरिएको त्यति धेरै परिमाणको काठ सम्भवत पहिलोपटक बरामद गरिएको हो । 

सात ट्याक्टर काठ नाप जाँच गर्न जिल्ला वन कार्यालयको टोलीलाई दुई दिन लागेको थियो । जंगलमा चिरेर लुकाएर राखेको अवस्थामा फेला परेको काठको मूल्य १५ लाखभन्दा बढी पर्छ ।  ‘तस्कर’को ठूलो गिरोहले सो काठ निकासी गर्न लागेको एसपी बोगटीले बताए । उनले भने–‘काठ तस्करी गर्ने समूहबारे अनुसन्धान गर्दै छौं ।’  प्रहरीले सो काठ जिल्ला वन कार्यालयमा पठाएको छ ।

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.