गण्डकीका आयोजनाहरुलाई अर्थमन्त्रीसँग बजेट माग्दै मुख्यमन्त्री
स्थानिय समाचार
कार्तिक १५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय अर्थमन्त्री विष्णु पौडेललाई भेटेर विभिन्न आयोजनाहरुमा बजेट माग गरेका छन् । संघ सरकारले ससर्त अनुदान दिने गरी हस्तान्तर गरेको आयोजनाहरुका लागि बजेट नआएपछि मुख्यमन्त्रीले आज सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगी मन्त्री पौडेललाई भेटेका थिए ।

मुख्यमन्त्रीले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई समेत लिएर गएका थिए । मन्त्री पौडेलले आफ्ना सचिवलाई गण्डकीका आयोजनाहरुमा बजेट उपलब्ध गराउन निर्देशन दिएका थिए ।

संघले गण्डकीलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि २ अर्ब ८६ करोड रुपैयाँ बजेट आवश्यक छ । आधारभूत खानेपानीका वर्षाैं पुराना योजनाका लागि १ अर्ब ५ करोड, विशेष खानेपानी आयोजना ४३ वटाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ चाहिने भौतिक पूर्वाधार सचिव श्रेष्ठले मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.