मादल व्यवसाय सङ्कटमा
अर्थवाणिज्य
कार्तिक २१, २०७७ | रासस

           चितवनको इच्छाकामना–५ मुग्लिनका सूर्यबहादुर परियारको पसलमा चाडवाडको समयमा दैनिक ५० भन्दा बढी मादल बिक्ने गथ्र्यो । जब चाडवाड नजिकिन्थ्यो उहाँको मादल पसलमा ग्राहक लाइन लाग्ने गर्थे । काठमाडौँ, पोखरा र नारायणगढ जाने मुग्लिन बजारको चोकमा रहेको उहाँको पसलमा देशभरका ग्राहक आउने गर्थे । केही वर्षयता उहाँको पसलमा चाडवाडको बेलामा समेत मादल कमै बिक्री हुने गरेको छ । चाडवाड बाहेक अरु बेला त मादल बिक्री नै नहुने परियारको भनाइ छ ।

          उहाँले भन्नुभयो, “केही वर्षयता मादल बिक्नै छाडेको छ, चाडवाडको बेला अलीअली बिक्ने गरे पनि अन्य समयमा बिक्री हुँदैन ।” झण्डै २० वर्षदेखि गर्दै आएको आफ्नो मुख्य पेशा धरापमा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो रोजीरोटी यही हो, यसरी मादल नै बिक्न छाडेपछि दैनिक घरायसी खर्चसमेत धान्न गाह्रो भएको छ, यसले चिन्तित बनाएको छ ।” पेशा नै परिवर्तन गर्ने सोचमा रहेको उहाँले बताउनुभयो । परियार आफैँ मादल बनाउने गर्नुहुन्छ । उहाँले बनाएको मादल देशका विभिन्न बजारमा व्यवसायीले लैजाने गर्छन् । मादलको व्यापार घट्नुको प्रमुख कारण गाउँघरमा विवाह व्रतबन्ध देउसी भैलोमा ‘स्पिकर’ साउन्ड सिस्टमको प्रयोग रहेको मादल व्यासयीको भनाइ छ ।

         अर्का मादल व्यवसायी विष्णु अर्याल पनि मादल बिक्न छाडेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मेला, बजार र देउसीभैलोमा मादल बजाउने क्रम घटेको छ , गाउँघरमा पनि प्रायः अत्याधुनिक स्पिकर र साउन्ड सिस्टमको प्रयोग गरेर रमाइलो गर्न थालिएको छ, । मेहनतअनुसारको मूल्य पाउन पनि छोडको छ ।” पछिल्ला वर्षमा मादल व्यवसाय धरायसी बन्दै गएको बेला कोरोना महामारीका कारण झन् सङ्कटमा परेको मादल व्यावसायीहरु बताउँछन् ।

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.