आइपिएल फाइनलमा दिल्ली र मुम्बई भिड्दै
खेल
कार्तिक २५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० को फाइनलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७स्४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

     चार पटकको च्याम्पियन मुम्बई दिल्लीलाई हराउँदै पाँचौ पटक उपाधि जित्न चाहन्छ । चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली पनि पहिलो फाइनलमै उपाधि जित्दै इतिहास रच्न चाहन्छ । लिग चरणमा मुम्बई शीर्ष र दिल्ली दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेका थिए । मुम्बईले दिल्लीलाई क्वालिफायरमा ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । चार पटकको च्याम्पियन मुम्बई र पहिलो पटक फाइनलमा पुगेको दिल्लीबीचको प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ ।

     मुम्बईले लिग चरणमा दिल्लीलाई ९ विकेट र ५ विकेटले पराजित गरेको थियो । जारी सिजनमा तीन पटक यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दिल्लीले जित हात पार्न सकेको छैन । दिल्ली उक्त हारको बदला फाइनलमा लिन चाहन्छ । मुम्बईले यस अघिको जितलाई निरन्तरता दिदै पाँचौ उपाधि जित्न खोज्ने छ ।

     रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । सन् २०१० मा चेन्नई सुपर किंग्ससँग फाइनलमा पराजित भएको थियो । दिल्लीका अलराउन्डर मार्कस स्टोइनिस, तीव्र गतिका बलर कागिसो रबाडा र शिखर धवन प्रमुख हतियार हुन् । मुम्बईका तीव्र गतिका बलर जस्प्रित बुमराह, क्विन्टन डी कक र हार्दिक पान्ड्या प्रमुख हतियार हुन् ।

 

खेल
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.