गण्डकीका चार विधेयक प्रमाणीकरण
स्थानिय समाचार
कार्तिक २७, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार विधेयक प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशसभाले पारित गरी पठाएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गरेका हुन् ।

     ती विधेयकमा गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयक, खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् । यसअघि ती विधेयक गण्डकी प्रदेशसभाबाट पारित भई सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए ।

 

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.