जयपृथ्वी नगरपालिकाका विद्यालय मंसिर ३ देखि चल्ने
राष्ट्रिय
कार्तिक २७, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको आज बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

     आगामी मंसिर ३ देखि पठनपाठन शुरु गर्नका लागि अभिभावकसमेतले साथ दिनुपर्ने नगर प्रमुख वीरेन्द्र खड्काले बताएका छन् । वास्थ्य सुरक्षाका मापदण्ड लागू गरेर विद्यालय चलाउनाको विकल्प नभएको नगरपालिका शिक्षा शाखा संयोजक राजेन्द्र जोशीले बताएका छन् । यसअघि बुंगल नगरपालिका तथा तलकोट, खप्तड र थलारा गाउँपालिकाका विद्यालय यही कात्तिक १५ गतेदेखि सञ्चालनमा आइसकेका छन् । 

 

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.