गण्डकी प्रदेशको गौरवको आयोजना शालिग्राम कोरिडोरको शिलान्यास
स्थानिय समाचार
कार्तिक २८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम कोरिडोरको शिलान्यास गरिएको छ । घिरिङको बैदीदेखि देवघाटसम्म जोडिने शालिग्राम कोरिडोरको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका हुन् ।

     बैदीलाई शून्य विन्दु मानेर सोही ठाउँबाट सडक निर्माणको शिलान्यास गरिएको छ । शालिग्राम कोरिडोरलाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेकाले कोरिडोर निर्माण सम्पन्न भएपश्चात् यस क्षेत्रकै विकासका ढोका खुल्ने मन्त्री गुरुङले बताएका छन् । देवघाट र मुक्तिनाथलाई जोड्ने उद्देश्यले प्रदेश सरकारले शालिग्राम कोरिडोरलाई विकास गर्न लागेको उनको भनाइ छ ।

     सो अवसरमा घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शालिग्राम कोरिडोरले घिरिङको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । विसं २०७६ फागुन ११ गते सम्झौता भएको सो कोरिडोरको काम २०७९ फागुन ११ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिएका छन् । रु २५ करोड आठ लाख ७३ हजार ५१३ लागत रहेको सो परियोजनाको ठेक्का धुलिखेलस्थित खड्का कृष्ण पिके जेभीले पाएको छ । सोकम्पनीले कोरिडोरमा कटिङ, कल्भर्ट निर्माण, कजवे, ग्याबिनलगायतका काम गर्नेछ । कोरिडोरको रु ३८ करोड ९६ लाख लागत अनुमान गरिएपनि रु १३ करोड कममा ठेक्का लागेको हो ।

     यसैबीच सोही मार्गमा रहेको दुपर्दी खोलामा पनि पक्की पुल निर्माण शुरु भएको छ । मन्त्री गुरुङले पुलको पनि शिलान्यास गरेका थिए । रु तीन करोड ८३ लाखको लागतमा पक्की पुल निर्माण हुन लागेको हो । विसं २०७७ वैशाख २२ गते सम्झौता भएको पुल २०७८ वैशाख २० गतेसम्म सम्पन्न गर्ने म्याद रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिएका छन् । सो पुल निर्माणको ठेक्का पराजुली कन्स्ट्रक्सन प्रालि लमजुङले पाएको छ । पुल २० मिटर लामो हुनेछ । 

 

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.