हेलो नेपालको टावरमा आगजनी
राष्ट्रिय
कार्तिक २९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिएका छन् ।

     प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली, चार्जगर्ने १२ वटा भोेल्ट व्याट्री जलेको छ भने कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ । आगजनी कसले ग¥यो भन्ने खुलेको छैन् । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगजनीका कारण लाखौँ मूल्य बराबरको नोक्सानी भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

 

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.