कुकुर तिहार सन्दर्भः शान्तिसेनामा शानदेखि गामिनीसम्म
राष्ट्रिय
कार्तिक २९, २०७७ | रासस

     नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ । कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षामा कुकुर प्रयोग गर्दै आएको छ । इमान्दार र गुनिलो जातका रुपमा परिचित कुकुर भैरवको वाहन मानिन्छ ।

     घरको विश्वसनीय पहरेदार कुकुर धेरै मानिसका घरहरुमा पालिने भए पनि वर्षको एकपटक यमपञ्चकको दोस्रो दिनमात्र पूजा गरिन्छ । नेपाल प्रहरीले अपराध अनुसन्धानमा दर्जासमेत दिएर कुकुर प्रयोग गरेको धेरै वर्ष भइसकेको छ भने नेपाली सेनाले १८ वर्षदेखि शान्ति स्थापना कार्यमा लैजाने गरेको छ । महाभारतका अनुसार पाण्डवहरु स्वर्ग जाँदा एउटा कुकुर पनि सँगै गएको थियो ।

     रुसले ‘लाइका’ नामक कुकुर अन्तरीक्षमा पठाएको थियो जुन पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो जनावर बनेको थियो । नेपालमा जङ्गलमा सिकार गर्न भोटेकुकुर लाने पनि चलन छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा तत्कालीन द्वन्द्वरत मुलुक लाइबेरियामा तैनाथ नेपाली शान्ति सैनिकले पहिलो पटक मिसनमा २०५९ सालमा ‘शान’ र ‘गामिनी’ नामक दुई कुकुर समावेश गरेको थियो । लाइबेरिया र लिबियामा खटिएका शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर लगिसकिएको छ । लाइबेरिया मिसनमा कुकुरको प्रयोगबाट हातहतियार र विस्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हात पारेपछि सेनाले लिबियामा पनि परिचालन गरेको हो ।

 

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.