मृत्यु भएको पाँच महिनापछि अन्त्येष्टि
राष्ट्रिय
मंसिर ४, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     झापाको मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (युएई) मा बुधबार अन्त्येष्टि गरिएको छ । युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उनको हृदयाघातबाट मृत्यु भएको थियो ।

     लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ सङ्कलन गरेका थिए ।  नेपाली समाज युएईको पहलमा मृतकको अन्त्येष्टि गरिएको जनाइएको छ । यसका लागि झापाको मेचीनगरमा रहेकी उनकी छोरी रीतु थापा र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति दिएको युएईमा रहेका सञ्चारकर्मी रामप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् ।

     वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गत वर्ष २०१९ को नोभेम्बर महिनातिर युएईको रसअल खेमामा रहेको प्रिमियर प्रोजेक्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका थिए । थापा रास अल खेमाको नखिल भन्ने स्थानमा नेपालीहरुसँग मिलेर कोठा भाडामा बसेका र उनलाई दिउँसो २ बजेतिर कोठामै मृत भेटिएको बताइएको छ । नेपालीहरु सँगसँगै बसे पनि साथीलाई उनले आफ्नो घर ठेगानाबारे खुलाएका थिएनन् । उनको पासपोर्ट पनि लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो ।

 

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.