कोरोना संकट गहिरियो, क्यालिफोर्नियामा घरमै बस्न आदेश
अन्तर्राष्ट्रिय
मंसिर ५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

     शनिबारदेखि लागु हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकता अनुसार फेरि थप हुनसक्ने अधिकारीहरुले जनाएका छन् । “हाम्रो राज्यमा महामारी बढ्दै गइरहेको छ, केही हप्ता जटिल र संकटपूर्ण हुने देखिएको छ, त्यसैले हामी सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ,” क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भने । क्यालिफोर्नियामा अहिलेसम्म १० लाख ५९ हजार २६७ जना सङ्क्रमित भएका छन् भने १८ हजार ४६६ जनाको मृत्यु भएको छ ।

 

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.