अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५ देखि ३७ डलरमा विश्वभरका
स्वास्थ्य
मंसिर ८, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माण गरिरहेको अमेरिकी कम्पनी मोडेर्नाले कोरोना खोपको २५ देखि ३७ डलरमा विश्वभरका मुलुकहरुलाई बिक्री गर्ने बताएको छ । खोपको भाउ कति परिणामको लागि गरिएको सम्झौता हो भन्नेमा निर्भर हुने कम्पनीका सीईओ स्टेफान बान्सेलले बताएका छन् । उनका अनुसार यो खोपको मूल्य फ्लुको खोप बराबरकै हो । फ्लुको खोपको भाउ १० देखि ५० डलरको बीचमा रहने गरेको उनको भनाइ छ ।

यसअघि गत सोमबार मोडर्नासँगको वार्तामा सहभागी ईयूका अधिकारीहरुले युरोपेली कमिसनले २५ डलरभन्दा कम मूल्यमा कोरोना खोप किन्ने प्रयास गरिरहेको बताएका थिए । यद्यपि बान्सेलले भने अहिलेसम्म कुनै सम्झौता नभएको बताएका छन् । मोडेर्नाले आफ्नो खोप कोरोना संक्रमण नियन्त्रणका लागि ९४ दशमलव ५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको थियो । ईयूले पनि मोडेर्नाको यो खोप खरिद गर्ने प्रयास गरिरहेको छ । 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.