कास्की निर्वाचन क्षेत्र २ ख को २ करोडमा सम्पन्न योजनाको
स्थानिय समाचार
मंसिर ९, २०७७ | कमल पौडेल अथक

गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र २ ख वाट निर्वाचित सांसदहरुले निर्वाचन क्षेत्रमा २ करोडमा सम्पन्न गरेका २५ वटा योजनाको फेहरिस्त सार्वजनिक गरेका छन् ।  नेपाल प्रेस युनियन कास्कीद्धारा सोमवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले सो फेहरिस्त सार्वजनिक गरेका हुन् । 

सो क्षेत्रमा निर्वाचित कांग्रेस सांसद विन्दुकुमार थापा र समानुपातिक सांसद कुमार खड्का तथा नेकपाको तर्फवाट समानुपातिक सांसद प्रभा कोइराला र मीना गुरुङले सम्पन्न योजनाको वारेमा जानकारी गराएका छन् । २ करोड खर्च गरिएको योजनामा अन्य स साना भौतिक पूवाधार समेटिएपनि स्वास्थ्य सम्वन्धी कुनै कुरा समेटिएको छैन । स्वास्थ्यको वारेमा प्रदेश सरकारले नै जिम्मा लिन्छु भनेकोले त्यता तिर वजेट केन्द्रीत नभएको लेखा समितिका सभापति एवं प्रदेश सांसद कुमार खड्काले वताए । 

देश कोरोना महामारीले आक्रान्त भएको भएपनि प्रदेश सरकारले त्यता तिर कत्तिपनि ध्यान नदिएको उनको भनाई छ । सांसद खड्काले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ कोरोना नियन्त्रणमा भन्दा सत्ता टिकाउने खेलमा वालुवाटारमा सुतेको आरोप लगाए । यहाँ अस्पतालमा बेड नपाएर विरामी मर्नू परेको छ तर मुख्यमन्त्री सत्ता टिकाउने खेलमा वालुवाटारमा विस्तारा लगाएर सुतेका छन् खड्काले भने । 

गण्डकी प्रदेश सरकारले कोरोना नियन्त्रणका ठूला गफ गरेपनि कोरोनामा भन्दा सत्ता कसरी वचाउँने र भत्ता पचाउने भन्ने खेलमा लागेको उनको आरोप छ । उनले आफूले पाएको सुविधाको गाडी कोरोना नियन्त्रणको काममा लगाउन प्रदेश सरकारलाई फिर्ता गरेपनि सो गाडी अन्यत्रै दुरुपयोग गरिएको वताए । पूर्वाधार विकास संयोजक विन्दुकुमार थापाले सरकारले कोरोना तर्फ ध्यान दिन नसकेको वताए । उनले कोरोनाको वेला पहुँचवालालाई नै अस्पतालहरुले दुःख दिएको वेला सामान्य नागरिकको अवस्था दयनीय भएको वताए । 

प्रदेश सांसद प्रभा कोइरालाले कोभिडको सन्त्रास नेपालमा मात्र नभएर विश्वव्यापी भएकोले सरकारले केही गर्न नसक्ने वताइन् । प्रदेश सांसद मीना गुरुङले अहिले एकले अर्कोलाई आरोप लगाउन भन्दा पनि सवै मिलेर संकटलाई पार लगाउने वेला आएको वताएकी छन् ।  प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदीप पौडेलले पनि वोलेका थिए ।

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.