यातायात व्यवसायीका समस्यै–समस्या : रित्ता गाडी कहिलेसम्म कुदाउनु ?
राष्ट्रिय
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

कोरोनाको कारण यातायात क्षेत्र अझै स्वतःस्फूर्त रुपमा सञ्चालनमा आउन सकेको छैन । पहिलेकै अवस्थामा फर्कन कोभिड–१९ पूर्णरुपमा हटे मात्र सम्भव हुने व्यवसायीहरु बताउँछन् । कोभिडका कारण यातायात क्षेत्र अहिले धरासायी भएका छन्, गाडीसँगै घरजग्गा बैंकले लिलाम गर्ने अवस्था आउन थाल्ने भएपछि यातायात क्षेत्रका व्यवसायी त्रसित छन् । सरकारले ब्याजमा छुट दिने व्यवस्था मिलाउने, राहतको घोषणा गर्ने आश्वासन दिए पनि पूरा नभएको व्यवसायीहरु गुनासो गर्छन् । 

कोभिडकै कारण कतिपय यातायात मजदुर पलायन भइसकेका छन् भने भएका पनि पलायन हुने अवस्थामा पुगेका छन्, जसका कारण आउँदा दिनमा यातायात क्षेत्रमा मजदुर पाउनै सकस हुने उनीहरुको भनाइ छ ।

५० प्रतिशतभन्दा बढी सवारीसाधन चल्न नसक्दा त्यही अनुपातमा मजदुरको रोजगारी गुमेको छ । यस्तो अवस्थामा सरकारले राहत प्याकेज ल्याउँदै नयाँ आयात हुने सवारीसाधनको आयातलाई रोक लगाएर सञ्चालनमा रहेका  सवारीलाई प्रोत्साहन गर्नुपर्ने व्यवसायीले बताउँदै आएका छन् ।

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.