विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको प्रवाह नगरी पोखरामा राजसंस्था र हिन्दू राज्यको माग गर्दै हजारौ नागरिक सडकमा उत्रिएका छन् । चन्द्र सूर्य अंकित नेपालको राष्टिय झण्डा सडकमा फहराउँदै बुधवार स्वतन्त्र रुपमा नागरिकहरु यसरी पोखराको सडकमा उत्रिएका हुन् ।
पोखराको अमरसिंह चौरवाट सुरु भएको जुलुस पोखराका बिभिन्न भागको परिक्रमा गरि चिप्लेढुंगामा पुगेर सभामा परिणत भएको थियो । सभामा संवोधन गर्ने वक्ताहरुले गणतन्त्रले नेपाली जनतालाई भोको र नाङ्गो वनाएको भन्दै तत्काल खारेजीको माग गरे । उनीहरुले देशमा राजसंस्थाको विकल्प नभएको वताउँदै अब सवै नेपाली जनता राजसंस्था पुनस्र्थापनाको लागि घर घरवाट उठ्ने बेला भएको वताए ।
देशमा अहिलेका राजनीतिक दलहरुले वेथिति र भ्रष्टाचार बढाएको उनीहरुको आरोप छ । सानो देशलाई विदेशी दलालहरुको इशारामा टुक्राएर नेपाल आमाको छातिमा लात हान्ने नेताहरु मुर्दावाद, राजतन्त्र जिन्दावाद, नेपाली जनता के भन्छ छिट्टै राजा ले भन्छ, राजा आउ देश वचाउ लगायतका नारा उनीहरुले लगाएका थिए ।