चिनियाँ कन्टेनरले नेपालसम्म ल्याए सामग्री
राष्ट्रिय
मंसिर ११, २०७७ | रासस

पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याउन शुरु गरेको छ । बुधबार चिनियाँ तीन कन्टेनरले नेपालसम्म सामग्री ल्याएका छन् । चिनियाँ कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा राखी सुख्खा बन्दरगाहसम्म ल्याउने व्यवस्था गरिएको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । तातोपानी भन्सार कार्यालयबाट यसअघि थौरै मात्रामा मात्र सामान आयात भएको भनी व्यापारीले गुनासो गर्दै आएका थिए ।

नाका सञ्चालनका विषयमा नेपाल–चीनबीचको छलफलमा चीन पक्षले कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानीबारे पटकपटक चासो व्यक्त गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले बताउनुभयो । गत असोजमा केही कर्मचारीमा कोरोना देखिएपछि चीन पक्षले एक दिन सामग्री पठाएर नाका पुनः ठप्प बनाएको थियो । चिनियाँ कन्टेनरले सामग्री ल्याइदिने हुँदा अब नेपाली व्यापारीका सामग्री आउने आशा गर्न सकिने जनाइएको छ ।

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.