सरकारले आफ्नो क्षमताअनुसार सहयोग गरिरहेको छ: प्रधानमन्त्री
राष्ट्रिय
मंसिर १२, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रसय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रसय दिएको र उद्योगी व्यवसायीलाई विभाजित गर्‍याे भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताउनुभएको हो ।

त्यस्ता अभिव्यक्ति सुनेर द्विविधामा नपर्नसमेत निजी क्षेत्रलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । देशको निम्ति काम गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीहरू राष्ट्रका साझा सम्पत्ति भएको बताउनुभयो । त्यसैले सरकारको नजरमा सबै उद्योगी व्यवसायी समान भएको उहाँको भनाइ छ । राज्यले सबैलाई कानुन सम्मत ढङ्गले संरक्षण प्रदान गर्ने र सुरक्षा दिने काम गर्ने प्रष्ट पार्नुभयो । तर राज्यले उद्योगी व्यवसायीहरूसँग सधै कारोबारमा पारदर्शिता कायम गर्न मात्रै आग्रह गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । 

सरकार राष्ट्रिय पुँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पुँजीपतिहरूलाई सबल बनाउने पक्षमा रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । राष्ट्रिय पुँजी, उद्यमी र पुँजीपतिहरूलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको पनि उहाँले बताउनुभयो । देशमा पुँजी निर्माण गरी बाह्य देशमा लगानी नगर्नसमेत उहाँले आग्रह गर्नुभयो । देशमा लगानीका अवसर सिद्धिएको नभइ झन् बढेकाले देशभित्रै लगानी बढाउन सुझाव दिनुभयो ।

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.