भतिजको कुटाइबाट काकाको मृत्यु
राष्ट्रिय
मंसिर १२, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताएका छन् ।

     बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएकामा उनको गए राति मृत्यु भएको प्रहरी उपरीक्षक केसीले बताएका छन । प्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.