टावरको क्षमताभन्दा सिम बढी वितरण
विज्ञान र प्रविधि
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ । मोबाइलमा नेटवर्क देखाए तापनि पाँच, छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र कुराकानी गर्दागर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

     स्थानीयवासी राजबहादुर भण्डारीले भने, “मोबाइलमा कुरा गर्दा आवाज स्पष्ट सुनिँदैन । सुनिएपनि बुझिँदैन । बिहान र बेलुका नेटवर्कले केही काम गरे पनि दिउँसो बढी समस्या देखिएको छ ।” नेटवर्कमा आएको समस्या समाधान गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिएका छन् । अहिले मोबाइल नेटवर्कमा खराबी आएपछि काम गर्न सास्ती भएको छ । टेलिकमका प्रमुख शिव भट्टराईले जुम्ला र कालीकोट जिल्लामा रहेका रिपिटर टावरमा आएको खराबीले गर्दा भएको समस्या आएको र समाधान गर्न काम भइरहेको जानकारी दिएका छन् । टावरको क्षमता कम र सिम बढी वितरण भएको हुँदा पनि यस किसिमको समस्या देखिएको उनको भनाइ छ ।

     हुम्लामा टेलिकमको मात्र नभई निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको सेवामा पनि समस्या रहेको छ। ।

 

कोभिड–१९ बाट हालसम्म स्याङ्जाका १२१ को
आश्वीन २, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल
आश्वीन १, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
बिरामीका आफन्तको आक्रमणबाट स्वास्थ्यकर्मी घाइते, आवश्यक
भाद्र ३१, २०७८ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.