रोनाल्डो भन्छन् – ‘मेस्सी मेरो दुश्मन होइनन्’
खेल
मंसिर २४, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बार्सिलोनालाई पराजित गरेपछि लिओनेल मेस्सीसँगको सम्बन्धबारे बोलेका छन् । विश्व फुटबलमा पछिल्लो एक दशक आधिपत्य जमाएका यी दुईबीच २ वर्षपछि भएको प्रतिस्पर्धामा रोनाल्डोको युभेन्टस ३-० ले विजयी रहयो । रोनाल्डोले दुवै हाफमा १\१ पेनाल्टी गोल गर्दै जितको आधार तय गरे । बार्सिलोनाका लागि मेस्सीले राम्रै प्रदर्शन गरेपनि टोलीले गोल फर्काउन भने सकेन ।

     खेलपछि बोल्दै रोनाल्डोले मेस्सी र आफूबीच राम्रो सम्बन्ध रहेको बताएका छन् । ‘मेस्सीसँग मेरो सम्बन्ध राम्रो छ । मैले उनलाई दुश्मनको रुपमा हेरेको छैन । हामी दुवैले आफ्नो टोलीको लागि जे राम्रो हुन्छ, त्यसैमा ध्यान दिन्छौं,’ रोनाल्डोले भने । रोनाल्डो युभेन्टस गएपछि तेस्रो पटक खेलको सिलसिलामा स्पेन फर्किएका हुन् । उनी यसअघि युभेन्टसको टोलीबाट भ्यालेन्सिया र एटलेटिको म्याड्रिडविरुद्ध खेल्न आएका थिए । ‘स्पेन र क्याटल्युनियामा फर्कनु राम्रो रहयो । क्याम्प नोउमा खेल्न सधैं कठिन हुन्छ र बार्सिलोना मैले सामना गरेको उत्कृष्ट टोलीमध्य पर्छ,’ उनले थपे ।

     ‘आज हाम्रो टोलीले च्याम्पियन जसरि खेल्यो । हामीले एकतावद्ध भएर नै यो नतिजा ल्याउन सक्यौं । आउने दिनमा पनि यसलाई निरन्तरता दिन सक्यौं भने डराउनुपर्ने केहि छैन,’ रोनाल्डोले भने । पहिलो खेलमा २-० ले पराजित भएको युभेन्टस समूह विजेताको हकदार रहेको रोनाल्डोको भनाइ थियो । ‘यदि तपाईंले क्याम्प नोउमा आएर तीन गोल गर्नुहुन्छ भने तपाईं समूह विजेता बन्ने हकदार हो । बार्सिलोनाले अपेक्षित प्रदर्शन नगरेपनि हाम्रो मनोबल निकै बढेको छ,’ उनले टुंग्याए ।

खेल
चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.