प्रतितोला रु ९०० ले घट्यो सुनको मूल्य
अर्थवाणिज्य
मंसिर २५, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो ।

     यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९०० ले ओरालो लागेको छ । बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला रु एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.