भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार
अन्तर्राष्ट्रिय
मंसिर २९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै २४ घण्टाको अवधिमा ३३६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट कूल १ लाख ४३ हजार ३५५ जनाको मृत्यु भएको छ ।

     मन्त्रालयका अनुसार भारतमा अझै पनि ३ लाख ५२ हजार ५८६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हालसम्म ९३ लाख ८८ हजार व्यक्ति कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा ७५ हजार व्यक्तिमा सक्रिय संक्रमण छ र उनीहरु प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । केरलामा पनि झण्डै ६० हजार तथा नयाँ दिल्लीमा १७ हजार व्यक्ति सक्रिय संक्रमित छन् । यसैबीच भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ४६ लाख नमूना परीक्षण गरेको जनाएको छ । 

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.