सुनको मूल्यमा ८०० को वृद्धि
अर्थवाणिज्य
पौष १, २०७७ | रेडियो सराङ्गकोट रिपोटर

     स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ ।

     मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो । मङ्गलबारको तुलनामा प्रतितोला रु ८०० ले उकालो लागेको महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने रु ९१ हजार ८५० मा कारोवार भएको थियो । यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ । मङ्गलबार रु एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ । 

 

चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्यो
मंसिर २३, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
रुसमा कोरोना भाइरस नियन्त्रणबाहिर, जनवरीसम्म युरोपमा
मंसिर १०, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने
मंसिर ९, २०७७ | रेडियो सराङ्गकोट रिपोटर
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Radio Sarangkot

Design & Developed By AB Group (P.) Ltd.